सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा चक्करघातीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा चक्करघातीमा



काठमाडौ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो २१ औँ शाखारहित बैंकिङ्ग सेवा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६, मुनाल चोक, चक्करघातीमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष श्री सुरेन्द्र प्रसाद गुप्ताले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि दिनेश न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन श्री सुरेन्द्र प्रसाद गुप्ता र झुम्का शाखाका प्रवन्धक नबिन कुमार झाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

साथै बैंकको झुम्का शाखाका प्रवन्धक झाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्नुभएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २१ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०७५, आईतवार १६:२५