ओरालो लाग्यो नेप्से,कस्ले कति गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से,कस्ले कति गुमाए ?



काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १२ दशमलव ५१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ८ लाख ४३ हजार ४ सय १० कित्त सेयर बाट ३६ करोड १६ लाख ९६ हजार ७ सय ६३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ६८ दशमलव ३२ अंकले ओरालो लागेको छ । आज होटल समुुह ३१ दशमलव ०७ अंकले, जलविधुत समुह १९ दशमलव ८१ अंकले, विकास बैँक समुह १३ दशमलव ४३ अंकले, बैँक समुह ११ दशमलव ५५ अंकले, उतपादनमुलक समुह ८ दशमलव ६६ अंकले, लघुवित्त समुह ७ दशमलव ५४ अंकले र अन्य समुह ६ दशमलव ६१ अंकले ओरालो लागेको छ ।
आज फाइनान्स समुह भने उकालो लागेको छ । आज फाइनान्स समुह ० दशमलव ०६ अंकले उकालो लागेको छ ।

प्रकाशित : २३ बैशाख २०७५, आईतवार १५:१८