स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी



काठमाडौँ ।नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।
समितिको यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त दरबन्दीमा तत्काल पदपूर्तिको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्था र स्थानीय तहका कार्यालयमा भौतिक संरचना तथा अति आवश्यक फर्निचर, औजार उपकरणको व्यवस्था गर्न माग गरेको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको स्वेच्छिक अवकाशसम्बन्धी व्यवस्थालाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, प्रदेशमा स्वास्थ्य मन्त्रालय रहने संवैधानिक व्यवस्था तत्काल लागू गरी संघीयतामा जनस्वास्थ्य सेवाको अधिकारको प्रत्याभूति प्रदेशलाई सुम्पिनुपर्ने र स्वास्थ्य सेवाका कर्मचारलिाई निजामतिको कर्मचारीमा नमिलाई अलगै संरचनामा राख्नुपर्ने माग गरिएको युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

स्थानीय तहका स्वास्थ्य सेवालगायत अन्य विषयगत शाखामा काम गर्ने कर्मचारीलाई असमान व्यवहार गर्ने गरेको पाइएको जनाउँदै घोषणापत्रमा एउटै कार्यालय र एउटै हाजिरीमा उपस्थित हुने कर्मचारीलाई समान व्यवहार गरिनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित : २३ बैशाख २०७५, आईतवार १५:०२