काठमाडौँ / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौला पक्राउ परेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भाग लिन जाने क्रममा सिटौलालाई भृकुटीमण्डपबाट पक्राउ गरिएको हो ।
गृहमन्त्रीको आदेशपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले महासचिव सिटौलालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।





Comment