एनआईसी एशिया बैंकको छैटौं शाखारिहत बैकिङ सेवा कीर्तिपुर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशिया बैंकको छैटौं शाखारिहत बैकिङ सेवा कीर्तिपुर



काठमाडौं । एनआईसी एशिया बैंकले छैटौं शाखारिहत बैकिङ सेवा कीर्तिपुर नगरपालिकाको भत्केपाटीमा सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले उदघाटन गरेको उक्त शाखारहित बैकिङ सेवाको लागि बैंकले प्रतिनिधिको रुपमा गोविन्द अधिकारीलाई नियुक्त गरेको छ ।

उक्त सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्न, (टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले मुलुकभर १ सय ९६ शाखा, १ सय ९८ एटिएम, ५ एक्स्टेन्सन काउनटर तथा ६ शाखारहित बैकिङ मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार १ अर्ब ५७ करोड रुपैंया भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब ९ करोड रुपैंया र कुल निक्षेप करिब १ अर्ब ३४ करोड रुपैंया पुगेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित : १८ बैशाख २०७५, मंगलवार १२:४३