नेको इन्स्योरेन्सको हकप्रद लिलामिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्सको हकप्रद लिलामिमा



काठमाडाै । नेको इन्स्योरेन्सको हकप्रद लिलामिमा भोलिदेखि खुला हुने भएको छ । कम्पनीको अवितरित ९९ हजार ९ सय ४९ दशमलव ११ कित्ता शकप्रद शेयर लिलामीका लागि भोली अर्थात बुधबारदेखि बोलपत्र पेश गर्न सकिने छ ।

 


कम्पनीले संस्थापक तर्फको ४ हजार ६३ दशमलव ८७ कित्ता र सर्वसाधारण तर्फको ९५ हजार ८ सय ८५ दशमलव २४ कित्ता हकप्रद शेयर नविकेपछि लिलामिमा निकाल्न लागेको हो । कम्पनीको हकप्रदमा बोलकवोल मार्फत आवेदन एनएमबि क्यापिटलको कार्यालय नागपोखरी तथा एनएमबि बैंकका बिरानगर, वीरगंज, बुटवल, पोखरा, नेपालगंज, सुर्खेत र धनगढीमा बुझाउन सकिने छ ।

प्रकाशित : १८ बैशाख २०७५, मंगलवार ११:५२