ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबार को अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ ।आज नेप्से २९ दशमलव २५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५९ कमपनीको १३ लाख ३८ हजार ७ सय ३७ कित्ता सेयरबाट ६३ करोड ८४ लाख ४३ हजार ३ सय ६३ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २ सय ३१ दशमलव १२ अंकले ओरालो लागेको छ । आज होटल समुह ४७ दशमलव ०९ अंकले,जलविधुत समुह ४६ दशमलव ६८ अंकले, लघुवित्त समुह ४३ दशमलव २६ अंकले, उतपादनमुलक ३७ दशमलव ४१ अंकले, विकास बैँक समुह ३४ दशमलव ७५ अंकले,बैक समुह २१ दशमलव ४२ अंकले, अन्य समुह १२ दशमलव ५४ अंकले र फाइनान्स समुह ११ दशमलव ६१ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १३ बैशाख २०७५, बिहीबार १५:४०