बैंक अफ काठमाण्डूले कति कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाण्डूले कति कमायो ?



काठमाडाै । बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिका वर्ष २०७४/७५ को तेस्रो त्रैमासमा खुद मुनाफा ९३ करोड ५ लाख रुपैयाँ कमाउन सफल भएको । जुन गत वर्षको तुलनाभन्दा ४ दशमलव ९४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ८८ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंक अफ काठमाडौं र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डूको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा ४ अर्ब ४४ करोड ५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ संकलन गरी कर्जामा ६७ अर्ब २५ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा ६ दशमलव ४५ प्रतिशतले बढेर २ अर्ब ६ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ४ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निस्कृय कर्जा १ दशमलव ८२ प्रतिशत, पूँजीकोष १५ दशमलव ०२ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ०४ गुणा, प्रतिशेयर नेटवर्थ १६२ दशमलव ७५ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ४९ प्रतिशत रहेको छ ।

प्रकाशित : १३ बैशाख २०७५, बिहीबार १२:१३