नेपालीको प्रतिव्यक्ति आय बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपालीको प्रतिव्यक्ति आय बढ्यो



काठमाडौं। नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १ हजार ४ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ६ हजार भन्दाबढी पुग्ने भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा नेपालीहरुको प्रतिव्यक्ति आय ७ सय ४८ अमेरिकी डलर र अघिल्लो आर्थिक वर्षमा ८ सय ६६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको थियो । गत बर्षको तुलनामा नेपालीको औसत आम्दानी बार्षिक १३८ अमेरिकी डलरले बढेको हो ।

प्रकाशित : १२ बैशाख २०७५, बुधबार १६:१०