प्राइमको नाफा ४२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइमको नाफा ४२ प्रतिशतले बढ्यो



काठमाडौं । कमर्सियल बैंक ले पनि तेश्रो त्रैंमासको वित्तीय विवरण प्रकाशित गरेको छ । मंगलवार प्रकाशित गरेको प्रतिबेदनमा बैंकले आवको तेश्रो त्रैमासमा नाफा ४२ दशमलव ५४ प्रतिशतले बढेर १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ, जवकि गत आवको सोहि समयमा बैंकले ८८ करोड २९ लाख रुपैयाँ मात्र नाफा गर्न सफल भएको थियो । गत आवको १५ करोड रुपैयाँ बराबर खराव कर्जा उठाउन सफल भएको पश्चात नाफा वृद्धि देखिएको हो ।

बैंकले खुद ब्याज आम्दानीमा गत वर्षको तेश्रो भन्दा २८ दशमलव ८० प्रतिशतले बढाएर १ अर्ब ६९ करोड पुर्याएको छ जवकी गत आवको तेश्रो त्रैमासमा १ अर्ब ३१ करोड मात्र रहेको थियो । संचालन मुनाफा गत आवमा १ अर्ब २५ करोड रहेकोमा चालुआवको तेश्रो त्रैंमासमा करिव ४० प्रतिशतले वृद्धि गरेर १ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ ।

निक्षेप ३२ प्रतिशतले वृद्धि गरि ७४ अर्ब २० करोड रुपैयाँ पुगेको छ जुन गत वर्ष ५६ अर्ब १० करोड रुपैयाँ रहेको थियो । चुक्ता पुँजीमा ३८ प्रतिशतले बढेर ५ अर्ब ७९ करोडबाट ८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै जगेडाकोषमा ३९ दशमलव २६ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँबाट २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत आवको तेश्रो त्रैंमासमा जस्तै यस वर्ष पनि प्राइम बैंकले २४ करोड ९५ लाख रुपैयाँ जोखिम व्यस्थापनकोषमा राखेको छ । जोखिम व्यवस्थापन कोषमा सामान्य वृद्धि भएता पनि निस्क्रिय कर्जा शुन्य दशमलव ३१ प्रतिशतले घटेको छ ।

अन्य वित्तीय संस्थालाई पुँजी वृद्धिको कारणले प्रतिशेयर आम्दानी सन्तुलित राख्न चुनौतीपूर्ण भई रहदा प्राइम कमर्सियल बैंकको प्रतिशेयर आम्दानी सन्तुलित देखिन्छ । चुक्ता पुँजीमा करिव ३८ प्रतिशत तथा नाफा ४२ प्रतिशत भन्दा बढीले बढ्नुले प्रतिशेयर आम्दानीमा सकारात्मक असर परेको छ । गत आवको तेश्रो त्रैंमासमा प्राइम कमर्सियल बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३२ पैसा रहेकोमा यस आवको तेश्रो त्रैमासमा प्रतिशेयर आम्दानी २ प्रतिशत भन्दा बढीले बढेर २० रुपैयाँ ८९ पैसा पुगेको छ ।

अन्य वित्तीय विवरण मूल्य आम्दानी अनुपात १४ दशमलव १२ गुणा, किताबी मूल्य १ सय ३३ रुपैयाँ १२ पैसा, प्रति शेयर कुल सम्पति मूल्य १ हजार ८१ रुपैयाँ ७१ पैसा तथा तरलता अनुपात २० दशमलव ७० प्रतिशत रहेको छ ।

प्रकाशित : ११ बैशाख २०७५, मंगलवार १३:४४