ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ ।आज नेप्स २७ दशमलव ६४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १७० कमपनीको ३१ लाख १४ हजार ६ सय १८ कित्ता सेयरबाट १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८ सय १५ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ८८ दशमलव ४४ अंकले ओरालो लागेको छ । आज होटल समुह ७८ दशमलव ७८ अंकले, जलविधुत समुह ५४ दशमलव ७३ अंकले, लघुवित्त समुह ३० दशमलव ७८ अंकले, विकास बैँक समुह ३१ द्यशमलव ५४ अंकले, उतपादनमुलक समुह २९ दशमलव ०८ अंकले, बैँक समुह २५ दशमलव १६ अंकले, अन्य समुह १६ दशमलव ७७ अंकले,फाइनान्स समुह ९ दशमलव ५९ अंकले र ट्रेडिड समुह ५ दशमलव ९९ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार १५:३५