आर्थिक सम्वृद्धिको प्रमुख आधारस्तम्भ ऊर्जाः मन्त्री पुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आर्थिक सम्वृद्धिको प्रमुख आधारस्तम्भ ऊर्जाः मन्त्री पुन



काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आर्थिक सम्वृद्धिका लागि ऊर्जा प्रमुख आधारस्तम्भ भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारले दोहोर आर्थिक वृद्धिदरको संकल्प लिएको र त्यसका लागि ऊर्जानै प्रमुख आधार स्तम्भ भएको बताएका हुन् । ‘अब दोहोरो आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने छ, सरकारले यसको संकल्प पनि लिएको छ ।’–उनले भने–‘यसका लागि जलविद्युतनै मुख्य आधार हो ।’

 

आर्थिक सम्वृद्धिमा ऊर्जा क्षेत्रले पहिलो योगदान दिने गरी आयोजना विकास गर्ने बताउँदै यसमा नीजि क्षेत्रलाई प्रोत्साहन र सहजीकरणका लागि सबै किसिमतका नीतिगत र प्रकृयागत झन्झट हटाउनका लागि आफू सकृय हुने बताए । ठूलो जोखिमका साथ नीजि क्षेत्रले जलविद्युतमा लगानी गरिरहेको र उनीहरुलाई उत्साह जगाउने गरी आफूले काम गर्ने मन्त्री पुनले बताए ।

आगामी १० बर्षभित्र १० हजार मेगावाट उत्पादन र खपत गर्ने गरी सरकारले योजना बनाउने बताउँदै आफूले पुराना मन्त्रीहरुको योजना र घोषणालाई निरन्तरता दिँदै यस क्षेत्रको विकासका लागि केही नयाँ योजनासहित अघि बढ्ने बताए । उनले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना समेत अघि बढाउने लक्ष्य राखेको जानकारी दिँदै सार्क राष्ट्रभित्र विद्युत जोड्नका लागि पहल गर्ने बताए ।
प्रशारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि नेपाल विद्यु्त प्राधिकरण, नीजि क्षेत्र र सम्वद्ध निकायहरुलाई राखेर अघि बढन्े उनको भनाई थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले ऊर्जा क्षेत्रमा नयाँ नयाँ योजना र कार्यक्रमभन्दा पुराना प्रतिवद्धता र योजना कार्यान्वयन गरे मात्र पनि जलविद्युतको विकास हुन सक्ने बताए । उनले सरकारले जलविद्युत विकासका लागि सिंगल डेस्कको व्यवस्था गर्नुपर्ने बताउँदै प्रशारण लाइनमा देखिएको ढिलाईको अन्त्य गर्नुपर्ने बताए ।
कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै इप्पानका पुर्व अध्यक्ष शैलेन्द्र गुरागाईले १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य हासिल गर्नका लागि नीजि क्षेत्रलाई प्रोत्साहन र सहभागी वृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १६:०६