सूर्या लाईफ इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद आउने निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्या लाईफ इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद आउने निश्चित



काठमाडौं। सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आउने निश्चित भएको छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डले हकप्रद निष्कासनको स्वीकृत दिएपछि कम्पनीको हकप्रद आउने निश्चित भएको हो ।

सूर्या लाईफले १० बराबर ४ को अनुपातमा अर्थात चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद विक्री गर्न लागेको हो ।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रक्रियामा रहेको सूर्या लाईफले १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर बिक्री गर्न पुस २४ गते निवेदन पेश गरेकोमा बोर्डले चैत १ गते अनुमति प्रदान गरेको हो ।

७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले बीमा समितिले तोकेको बमोजिम २०७५ सम्ममा २ अर्ब पूँजी पुर्याउनु पर्नेहुन्छ ।

हकप्रद निष्कासनका लागि सुर्या लाईफले एनआइसी एशिया क्यापिटललाई यसअघि नै शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रकाशित : ५ चैत्र २०७४, सोमबार १३:४५