काठमाडौं। गण्डकी विकास बैंकले आफ्ना शेयरधनीलाई गतवर्षको मुनाफाबाट १९ दशमलव ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको शनिबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
फेवालाई गाभेपछि २५ प्रतिशत हकप्रद बिक्री गरेको गण्डकीको चुक्ता पूँजी २ अर्ब ३० करोड ४९ लाख पुगेको छ । चुक्तापूँजीको १९ दशमलव ३१ प्रतिशतले हुने ४४ करोड ५० लाख ९२ हजार बराबरको बोनस बाडेपछि बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।बैंक संचालक समितिले प्रस्ताव गरेको उक्त बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।





Comment