हिमालयन जनरल इन्स्योरेन्सको नगद लाभांश वितरणा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सको नगद लाभांश वितरणा कहिले ?



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नगद लाभांश बुधबारदेखि वितरण हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफबाट दिने भएको १५ प्रतिशत नगद लाभांश एनएमबी क्यापिटल लिमिटेडमा रहेको हितग्राही खाता (डीम्याट एकाउन्ट) मा जम्मा हुने भएको छ ।

साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा बैंकको खाता अद्यावधिक भएको हकमा नगद लाभांश सोही खातामा जम्मा हुने एनएमबी क्यापिटलले जनाएको छ ।

हितग्राही खाता नभएका लगानीकर्ताले निवेदनसहित बैंक खाता नम्बर दिएपछि सोही बैंकमा नगद लाभांश जम्मा हुने एनएमीबले जनाएको छ ।

प्रकाशित : २ फाल्गुन २०७४, बुधबार १४:४१