काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको फागुन २ गतेदेखि हकप्रद शेयरको बिक्री खुल्ला भएको छ । बैंकले १० बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।
बैंकले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिद्धार्थ क्यापिटल तथा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन सकिनेछ ।
Comment