चन्द्रागिरि हिल्सले शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चन्द्रागिरि हिल्सले शेयर निष्काशन गर्ने



काठमाडाै । चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ चन्द्रागिरि हिल्सले सर्बसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही पुस २५ गते साधारणसभा डाकेको छ । साधारणसभामा शेयर निष्काशनको निर्णय हुने र त्यसपछि प्रक्रिया अगाडी बढ्ने भएको हो ।

कम्पनीका सञ्चालक अम्बिका पौडेलले बिजपाटीसंग कुरा गर्दै साधारणसभाबाट शेयर निष्काशनबारे निर्णय लिने बताए । उनले सर्वसाधारणलाई विकासमा साझेदार बनाउन सर्वसाधरणमा शेयर जारी गर्न लागेको बताए । उनले भने ‘ स्थानीय र सर्वसाधरणलार्इ कति शेयर दिने भन्ने बारेमा टुंगो भएको छैन, साधारणसभाले निर्णय गरेर छलफल गर्छौ त्यसपछि यसको टुंगो लाग्छ।’

कम्पनीले ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेको छ ।

प्रकाशित : २३ पुष २०७४, आईतवार ११:५९