सुरु भयो टिभीएसको मेघा एक्सचेन्ज मेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुरु भयो टिभीएसको मेघा एक्सचेन्ज मेला



काठमाडौ । आइतबारदेखि राजधानकिो भृकुटीमण्डपमा टिभएस एक्स्चेञ्ज मेला सुरू भएको छ । जगदम्बा मोटर्स अन्तर्गतको टिभीएसले आयोजना गरेको एक्स्चेञ्ज मेला पुष ६ गते सम्म चल्नेछ । एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसंग टिभीएस कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ ।

 


हाल नेपालमा विक्री वितरण हुँदै आएका अन्य २ पांग्रे सवारी साधनहरु मध्ये टि भी एस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

देशको अन्य शहरहरुमा पनि चलिरहेको उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने कुरा कम्पनीले जनाएको छ । एक्सचेन्जमा दशमहजारदेखि १ लाख सम्मको ‘सियोर सट क्यास’ छुट हुने कम्पनीले जनाएको छ ।

मेलालाई थप आकर्षक, मनोरन्जनात्मक र सुविधा सम्पन्न बनाउन बाइक स्टन्ट, फ्रि बाइक चेक अप, फेस पेन्टिङ्ग, हेल्मेट अनि एसेसोरिज स्टल र विभिन्न खेलहरु प्रदर्शन हुने तथा एक्सचेन्ज मेलामै तुरुन्त फाइनान्सको सुबिधा रहेको कम्पनीको भनाई छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार २१:०१