सेञ्चुरी बैंकले ल्यायो १६ देशको मुद्रा चल्ने कार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरी बैंकले ल्यायो १६ देशको मुद्रा चल्ने कार्ड



काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अमेरिकी डलरसँगै अन्य विदेशी मुद्रासमेत चल्ने नयाँ कार्ड प्रयोगमा ल्याएको छ। बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा ‘मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्याएको हो। बैंकले प्रयोगमा ल्याएको कार्डमा १६ देशमा मुद्रा चल्ने छ। बैंकले नगद विदेशी मुद्राको अभाव भइरहेका बेला विश्वका १६ वटा मुद्राको काम एउटै कार्डले गर्ने भएकाले नेपालीलाई बाहिर जान कागजी नोटको समस्या नपर्ने बैंकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
बैंकले एक्सिस बैंकसँगकै सहकार्यमा भारतबाट नेपाल रेमिट्यान्स भित्र्याउने कार्यको औपचारिक शुरुवात गरेको छ। एक्सिस बैंकका ३५ सय शाखाबाट पठाएको पैसा नेपालको सेञ्चुरी बैंकबाट झिक्न सकिन्छ। ‘यसबाट बैंकको ग्राहक संख्यामा बृद्धि भइ सर्वसाधारणलाई समेत सहज सेवा उपलब्ध हुने छ’ बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले भने।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १३:१७