काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैकको मंसिर ३ गते साधारण सभा हुन लागेकोले कातिक १३ गतेदेखि मंसिर ३ गते सम्म दर्ता किताब बन्द हुने भएको छ । साधारण सभामा १२ % बोनस सेयर र ३.७९% नगद लाभांश दिने प्रस्ताव पेस हुने भएको छ। साधारणसभाले बैंकको अगामी चार बर्षको लागि संचालक समितिको चयन गर्ने भएको छ। जसमा संस्थापक समुहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्बसधारण समुहबाट तीन जना संचालकहरुको निर्वाचन गर्ने भएको छ।
६ कार्तिक २०७४, सोमबार ११:४४
Comment