लुप नेटवर्कसका योजना सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

Feature News

लुप नेटवर्कसका योजना सार्वजनिक



काठमाडौ । गत बर्षदेखि सेवारम्भ गरेको यस लुप नेटवर्कस् प्रा.लि.ले महंगो इन्टरनेट सेवा खरिद गर्न नसक्ने विशेषगरी ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै वाईफाई जोनहरु बनाउँदै जाने विशेष योजना सार्वजनिक गरेको छ ।

कम्पनीले हालै शुभारम्भ गरेको यो प्रोडक्ट घरमै महंगो इन्टरनेट जडान गर्न असमर्थ न्यून आयस्तरका उपभोक्तालाई लक्षित गरी प्रस्तुत गरिएको हो । हाल राजधानीको कुलेश्वर क्षेत्रमा यस्ता वाईफाई जोन विकास गरिएकोमा अब राजधानी छेउछाउका ग्रामीण क्षेत्र र त्यसपछि मुलुकका अन्य क्षेत्रमा विस्तार गरिने छ ।

 

यस योजनामा ग्राहकले वाईफाई जोनभित्र २० एमबीपीएस स्पिडको इन्टरनेट मात्र रु. १० मा दुई घण्टासम्म, रु. २० पाँच घण्टासम्म, रु. ३० मा हप्ताभर र महिनाभर चलाउने हो भने २५० रुपियाँभन्दा बढि मूल्य उपभोग गर्न सकिने छ ।

यो खालको प्रोडेक्ट ल्याउने लुप नेटवर्क पहिलो कम्पनी भएको यस कम्पनीका कार्यकारी अध्यक्ष सतिष पोखरेल बताउँछन् । उनी भन्छन– नेपालका सबै जनताको घरमा महंगो दरको इन्टरनेट सेवा उपभोग गर्ने क्षमता छैन । त्यस्ता उपभोक्ताले विना पासवर्ड सोझै इन्टरनेट कनेक्शन गरेर चलाउन सकुन भनेर यो प्रोडक्ट ल्याएका हौं ।

अध्यक्ष पोखरेलले नेपालमा इन्टरनेट सेवा सर्वसुभल हुन नसकेको र भएको पनि गुणस्तरीय हुन नसकेकोले उपभोक्तालाई सुलभ दरमा गुणस्तरीय इन्टरनेट सेवा दिन लुप नेटवर्कले सेवा विस्तारलाई तीब्रता दिएको बताए ।

केवल टेलिभिजन सेवा पनि सँगसँगै विस्तार गर्ने योजना बनाएको यस कम्पनीले हाल राजधानीको कुलेश्वर क्षेत्र, कलंकीदेखि थानकोट क्षेत्र र जोरपाटी क्षेत्रमा फाइबर इन्टरनेट सेवा दिइरहेको छ । छोटो समयमै कम्पनीका सातसयभन्दा बढि ग्राहक पुगिसकेका छन् । अबको एक बर्षभित्र काठमाडौं उपत्यकाभित्र सबै ठाउँमा इन्टरनेट सेवा बितरण सुरु गरिसक्ने कम्पनीको लक्ष्य रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यका बाहिर झापाको दमक र गौरादह, बाग्लुङ बजार फाइबर इन्टरनेट बितरण सुरु भइसकेको छ भने आउँदो हप्तादेखि लाहानदेखि सप्तरीसम्म, बुटवल र भैरहवाको कोटिहवामा विस्तार गर्ने योजना रहेको छ । त्यस्तै, दुई महिनाभित्र हटौंडा, भरतपुर, बुटवल र अर्घाखाँचीको सन्धीखर्कमा समेत इन्टरनेट सेवा सुरु गरी अर्को बर्षसम्म ग्राहक संख्या दुई हजार पुर्याउने लक्ष्य रहेको छ ।

प्रकाशित : ५ आश्विन २०७४, बिहीबार २०:४४