मिर्मिरे माइक्रोफाइनान्सको १ हजार ९४० कित्ता सेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिर्मिरे माइक्रोफाइनान्सको १ हजार ९४० कित्ता सेयर लिलामीमा



काठमाडौं ।  मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैँकले मंगलबारदेखि सर्वसाधारण समूहको १ हजार ९४० कित्ता सेयर लिलामीमा ल्याएको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद भने भदौं १४ गते तोकिएको छ । हाल मिर्मिरेको बजार मूल्य ३ हजार १७६ रुपैयाँ छ । यसअघि मिर्मिरेले असार ५ गतेदेखि साउन ८ गतेसम्म १ लाख ५० हजार (५०%) कित्ता सेयर बिक्री खुला गरेको थियो । यो अवधिमा आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । मिर्मिरेको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्दैछ ।लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र भदौ १६ गते बिहान ११ बजे प्रभु क्यापिटल लिमिटेड, काठमाडौंमा खोलिनेछ ।

प्रकाशित : ६ भाद्र २०७४, मंगलवार ११:३३