काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । महुलीले नेप्सेमा कारोबारका लागि ‘एमएसएलबी’ संकेत पाएको छ ।
नेप्सेले महुलीको पहिलो कारोबारका लागि ५४२ देखि १ हजार ६ सय २६ रुपैयाँ ओपन रेन्ज दिएको छ । जसअनुसार महुलीको पहिलो कारोबार ५४२ देखि १ हजार ६सय २६ रुपैयाँको बिचमा हुनेछ ।
Comment