प्रभु इन्स्योरेन्सले बुझायो बीमा समितिमा ‘क्यापिटल प्लान’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्स्योरेन्सले बुझायो बीमा समितिमा ‘क्यापिटल प्लान’



 काठमाडौं, १५ साउन  ।प्रभु इन्स्योरेन्सले आइतबार बीमा समितिमा ‘क्यापिटल प्लान’ बुझाएको छ।
कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा २५ प्रतिशत बोनस र बोनसपछि ४५ प्रतिशत हकप्रद जारी गर्ने भएको छ।बोनस र हकप्रदसँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ।कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो चुक्ता पूँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद जारी गरिसकेको छ। हकप्रद जारी गरेसँगै गत आर्थिक बर्षमा कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।कम्पनीले आर्थिक बर्षमा चुक्ता पूँजी ५७ करोड ७५ लाखको २० प्रतिशत बोनस शेयरबाट हुन आउने ११ करोड ५५ लाख रुपैयाँ सहित ६९ करोड ३० लाख रुपैयाँ पुग्ने छ।कम्पनीले बोनस शेयर जारी गरेपछि ३१ करोड १८ लाख रुपैयाँ हकप्रद जारी गर्ने भएको छ।हकप्रद जारी गरेसँगै कम्पनीले बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ तोकिएको समयमै पूरा गर्ने छ ।

प्रकाशित : १५ श्रावण २०७४, आईतवार ०८:२५