नेपाल लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा झापाको गौरादहमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा झापाको गौरादहमा



काठमाडौं  १० साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अाफ्नाे नयाँ उपशाखा झापा जिल्लाको गौरादहमा संचालन गरेको छ । इन्स्योरेन्सले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले सो स्थानमा नयाँ शाखा स्थापना गरेको हो । सो शाखाको औपचारिक उद्घाटन बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्कीले गरेका छन् ।

उक्त कार्यक्रममा कार्कीले उपशाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा सघाऊ पुग्ने बताएका छन् । साथै, उनले समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको बताएका छन् । नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन आग्रह गरेका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहुँच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिँदै आएको छ । साथै, उनले चालु आ.व. भित्र मुलुकको ७५ वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको बताए । यसैगरि, उनले कम्पनीले दावी भूक्तानी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिई सरलिकृत रुपमा दावी भूक्तानी प्रदान गर्दै आईरहेको र आगामी दिनमा यस कार्यलाई थप चुस्त बनाइने बताए ।

कम्पनीले गत आ.व.२०७३।०७४ मा कुल बिमा शुल्क आम्दानी करिब १२ अर्ब रुपैयाँ, जीवन बीमा कोष करिब ४० अर्ब रुपैयाँ हासिल गर्न सफल भएको छ । सो अवधिमा कम्पनीले कुल लगानी करिब ४७ अर्ब रुपैयाँभन्दा बढि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : १० श्रावण २०७४, मंगलवार ११:०७