हिमालयन ८०–२० का इकाइधनीलाई १५ प्रतिशत लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन ८०–२० का इकाइधनीलाई १५ प्रतिशत लाभांश



काठमाडौं। हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गर्दै आएको हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई लाभांश घोषणा गरेको छ । हिमालयन क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले कुल १५ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

प्रकाशित : 3 September, 2026 1:34 pm