काठमाडौं। मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले करसहित २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि फन्डले भदौ २४ गते बुधबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसअनुसार भदौ २३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाइधनीहरू मात्र उक्त नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
यस्तै, आफ्नो इकाइ धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका इकाइधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र नगद लाभांश प्राप्त गर्ने व्यवस्था गरिएको छ।
फन्डले लाभांश भुक्तानीका क्रममा प्रचलित आयकर ऐनअनुसार स्रोतमा कर कट्टी गरिने जनाएको छ। त्यसैले इकाइधनीहरूलाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गराउन आग्रह गरिएको छ।
प्यान अद्यावधिक नगरेमा लाभांश भुक्तानीमा समस्या आउन सक्ने भएकाले सम्बन्धित इकाइधनीलाई समयमै प्यान अद्यावधिक गर्न फन्डले अनुरोध गरेको छ।





Comment