मिराज ढुंगानालगायतको टोली राहत लिएर नुवाकोटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

मिराज ढुंगानालगायतको टोली राहत लिएर नुवाकोटमा



काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ । नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा खाद्यान्नलगायत मेडिकल किटहरूसहितका राहत सामग्री लिएर मिराजको समूह प्रभावित क्षेत्र पुगेको हो ।

क्याम्पमा हाल ७६ जना पीडितलाई राखिएको छ । तीमध्ये १२ देखि १७ वर्ष उमेर समूहका १८ जना बालबालिका, १२ वर्षभन्दा कम उमेरका २९ जना र १८ वर्षभन्दा माथिका २९ जना रहेका छन् ।

‘धेरै साना बालबालिका भएकाले हामीले उनीहरूका लागि खेलाैना, लत्ताकपडा, भित्री कपडा तथा विभिन्न प्रकारका खाद्यान्न र आवश्यक सामग्रीहरू पुर्याउँदैछौँ,’ मिराजले भने ।

प्रकाशित : 30 August, 2026 1:21 pm