काठमाण्डौ। सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित ५ प्रतिशत नगद प्रतिफल दिने निर्णय गरेको हो।
क्यापिटलका अनुसार उक्त प्रतिफलका लागि कुल ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगद वितरण गरिनेछ। फण्डको २०८२ असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य (एनएभी) प्रतिइकाई १०.५४ रुपैयाँ रहेको छ। फण्डको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ छ।
लाभांश वितरण प्रयोजनका लागि सानिमा क्यापिटलले भदौ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीले मात्र घोषित ५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।
सानिमा बैंक लिमिटेड फण्डको कोष प्रवर्द्धक हो भने सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा रहेको छ। सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड योजना हो।


Comment