काठमाडौँ । समस्याग्रस्त सहकारीसँग जोडिएको कालोसूचीमा रहेका राकेशकुमार रावललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। बिहीबार बिहान भारतको बेंगलोर जानका लागि नेपाल एयरलाइन्सको उडानतर्फ प्रस्थान गर्न लागेका रावललाई विमानस्थलमा गरिएको नियमित जाँचका क्रममा प्रहरीले रोकेको हो।
जाँचका क्रममा उनी समस्याग्रस्त सहकारीसम्बन्धी कालोसूचीमा रहेको खुलेपछि विमानस्थल सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार रावललाई थप आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।


Comment