मौखिक अनुरोधमै पनि खाता रोक्का गर्न सकिने राष्ट्र बैंकको व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौखिक अनुरोधमै पनि खाता रोक्का गर्न सकिने राष्ट्र बैंकको व्यवस्था



काठमाडौं । वित्तीय अपराध न्यूनीकरणलाई थप प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनअनुसार अब कुनै कसुरको अनुसन्धान वा कानून कार्यान्वयनमा संलग्न निकायबाट मौखिक वा लिखित अनुरोध प्राप्त भएमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता निश्चित अवधिका लागि तत्काल रोक्का गर्नुपर्नेछ।

निर्देशनमा बैंक तथा वित्तीय संस्थाले यस्ता अनुरोधहरूको सम्बोधन गर्न चौबीसै घण्टा ९२४र७० सञ्चालन हुने संयन्त्र तयार गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, अनुसन्धान तथा कानून कार्यान्वयन निकायसँग समन्वयका लागि छुट्टै सम्पर्क नम्बर व्यवस्था गरी आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

त्यसैगरी, अनुसन्धानका क्रममा सम्बन्धित अधिकारीहरूले विवरण माग गरेमा आवश्यक जानकारी छिटो र सहज रूपमा उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न पनि इजाजतपत्रप्राप्त संस्थाहरूलाई निर्देशन दिइएको छ।

प्रकाशित : 25 June, 2026 11:37 am