‘सोभरिन वेल्थ फन्ड’ परिचालन गरिने, १५ नेपालीलाई प्रतिष्ठित फेलोसिपको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

‘सोभरिन वेल्थ फन्ड’ परिचालन गरिने, १५ नेपालीलाई प्रतिष्ठित फेलोसिपको घोषणा

काठमाडौं । सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिएको छ ।
सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।
उनले भने,‘हाल वैदेशिक मुद्राको सुविदाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम ‘सोभरिन वेल्थ फन्ड’का रुपमा परिचालन गर्ने नीति लिएको छौं ।’
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा एआई क्षेत्रमा ख्याति कमाएका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गर्ने घोषणा पनि गरे ।

प्रकाशित : १५ जेष्ठ २०८३, शुक्रबार १७:१३ 29 May, 2026 5:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।