काठमाडौं । HONOR Nepal ले नेपाली बजारमा नयाँ स्मार्टफोन सिरिज ‘HONOR 600 Series’ सार्वजनिक गरेको छ। कम्पनीले उन्नत AI फिचर, प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको प्रदर्शनसहित HONOR 600 र HONOR 600 Pro नेपाली बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार नयाँ सिरिज प्रयोगकर्ताको दैनिक अनुभवलाई अझ सिर्जनात्मक र स्मार्ट बनाउने उद्देश्यले डिजाइन गरिएको हो। HONOR 600 मा Snapdragon 7 Gen 4 (4nm) प्रोसेसर प्रयोग गरिएको छ, जसले छिटो र प्रभावकारी multitasking अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
फोनमा समावेश गरिएको AI Image to Video 2.0 फिचरमार्फत प्रयोगकर्ताले तस्वीरलाई ५ सेकेन्डको AI-generated भिडियोमा परिवर्तन गर्न सक्नेछन्। साथै Moving Photo Eraser Tool र Ultra-Clear Night Mode जस्ता फिचरले कम उज्यालोमा पनि स्पष्ट फोटो खिच्न सहयोग गर्ने बताइएको छ।
HONOR 600 मा 7000mAh ब्याट्री, 80W wired fast charging तथा 27W reverse wired charging सपोर्ट उपलब्ध छ। यो मोडेल 8GB + 256GB भेरियन्टमा ८४ हजार ९९९ रुपैयाँ तथा 12GB + 256GB भेरियन्टमा ८९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ।
कम्पनीले HONOR 600 खरिद गर्ने ग्राहकलाई HONOR Choice Watch 2 Pro निःशुल्क उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी, HONOR 600 Pro मा Snapdragon 8 Elite (3nm) प्रोसेसर राखिएको छ। कम्पनीका अनुसार यसले ultra-fast responsiveness र शक्तिशाली AI performance प्रदान गर्नेछ।
फोटोग्राफीका लागि HONOR 600 Pro मा 200MP मुख्य क्यामेरा with OIS, 50MP telephoto lens with 3.5x optical zoom तथा 12MP ultrawide camera दिइएको छ। यसले विभिन्न परिस्थितिमा उत्कृष्ट clarity र dynamic photography अनुभव दिने कम्पनीको भनाइ छ।
यसमा पनि 7000mAh ब्याट्री, 80W wired charging, 50W wireless charging तथा 27W reverse wired charging सपोर्ट उपलब्ध छ। HONOR 600 Pro को 12GB + 256GB भेरियन्टको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
HONOR 600 Pro खरिद गर्ने ग्राहकले HONOR Choice Watch 2 Pro र HONOR Choice Clip Earbuds निःशुल्क प्राप्त गर्नेछन्।
कम्पनीले सीमित अवधिका लागि विशेष अफरसमेत ल्याएको जनाएको छ। HONOR 600 Series नेपालभरका आधिकारिक HONOR retail stores मा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।






Comment