साउदी अरब
साउदी अरबमा बस्नेहरुलाई अाफ्नो कमाइकाे कुनै पनि ट्याक्स तिर्नु पर्दैन । यती मात्र हैन साउदीको बलियो अार्थिक अवस्थका कारण त्यहाँका कुनै पनि कम्पनीले मुनाफाको कर तिर्नु पर्दैन । ट्याक्स तिर्नै नपर्ने देश मध्ये धेरै देश छन उनिहरुको मुख्य कमाइको स्रोत तेल हो ।
कतार
ग्यास र तेलले हुने गरेको अाम्दानीले चलेको कतार प्रति व्यक्ती अायमा दुनियाकै सबै भन्दा धनी मानिन्छ । यो देशले अाफ्ना नागरिकबाट कुनै पनि कर अशुल गर्दैन ।
संयुक्त अरब अमीरात
तेलको भन्डार भएको यो देश प्रति व्यक्ती अायको अाधारमा शिर्ष १० देश मध्ये एक हो । यहाँ सरकारले अाफ्ना नागरिकलाइ अाय कर लगाउदैन ।
अाेमान
अोमानमा पनि तेलको अपार भन्डार छ । याे देशका नागरिकबाट सरकारले कुनै ट्याक्स लिदैन तर नागरिकलाइ सोसर सेक्यूरेटी बेनिफिटमा याेगदान गरेको अावश्यक भने हुनु पर्छ ।
साउदी अरब
साउदी संसारको सबै भन्दा ठूलो तेल निर्यात कर्ता हो । यहा कुनै पनि नागरिकले ट्याक्स तिर्नु पर्दैन । तर नागरिकहरुले भने साेसल सेक्युरेटि पेमेन्टस र क्यापिटल गेन्स ट्याक्स भने तिर्नु पर्छ ।
बहरीन
बहरीनमा नागरिकबाट कुनै पनि इनकम ट्याक्स सरकारले लिदैन । तर, नागरिकलाई अायको सात प्रतिशत साेसल सेक्यूरेटीमा दिन अनिवार्य गरिएको छ । यस्तै विदेशमा बस्ने बहरीन नागरिकले एक प्रतिशत ट्याक्स दिनै पर्ने हुन्छ । घर भाडामा लाउदा पनि यहाँ ट्याक्स तिर्नु पर्छ ।
कुवेत
कुवेतमा पनि अायमा कुनै ट्याक्स लाग्दैन । तर यहाँकाे प्रत्येक नागरिकले सामाजिक सुरक्षाका लागि याेगदान दिइएको भने हुनै पर्ने छ ।
बरमूडा
दुनियाको सबै भन्दा धनी देशमा दाखिला भएको बरमूडामा यहाँ नागरिकले कुनै पनि अाय कर तिरदैनन । तर याे ठाउ बस्नको लागि निकै नै महंगो स्थानको रुपमा चर्चित छ । तर नागरिकलाई पेरोल ट्याक्स ,सोसल सेक्यूरेटी, प्रोपर्टी र २५ प्रतिशत कस्टम डियूटी तिर्नु पर्ने अनिवर्य व्यवस्था छ ।
केमन अाइलैड्स
यो देशमा कुनै इनकम ट्याकस लाग्दैन नत कुनै क्यापिटल गेन्स ट्याक्स तिर्नु पर्छ । यती मात्रै हैन यहाँ सामाजिक सुरक्षामा योगदान पनि दिनु पर्दैन । तर यहाँ अायत कर २५ प्रतिशत भन्दा बढी तिर्नु पर्ने हुन्छ ।
बहामाज
समुन्द्र किनारामा रहकाे यो देश पर्यटनको अाकर्षण केन्द्र हो । यहाँ कुनै पनि इनकम ट्याक्स लाग्दैन । तर इपोर्ट डियुटी, नेश्नल इन्सोरेन्स र प्रपर्टी ट्याक्स तिर्नु भने पर्छ ।
Comment