सिद्धार्थ बैंकका ग्राहकहरुलाई पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

बैंक / वित्त

सिद्धार्थ बैंकका ग्राहकहरुलाई पेट मामा नेपालमा १० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बालुवाटार, काठमाडौं स्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरुको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाशित : १४ फाल्गुन २०८२, बिहिबार १२:५३ 26 February, 2026 12:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।