कृषि विकास बैंकको कर्जा नतिर्ने ५ ऋणीलाई कालोसूची राखिने, ३५ दिने अल्टिमेटम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंकको कर्जा नतिर्ने ५ ऋणीलाई कालोसूची राखिने, ३५ दिने अल्टिमेटम



काठमाडौं। कृषि विकास बैंक लिमिटेड, लुम्बिनी प्रदेश कार्यालय भैरहवाले कर्जा नतिर्ने पाँच जनारफर्मलाई कालोसूचीमा राखिएको सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको छ। बैंकका अनुसार तोकिएको समयभित्र साँवा, ब्याज तथा हर्जाना नतिरेपछि सम्बन्धित ऋणीहरूलाई कालोसूचीमा समावेश गरिएको हो।

सूचनाअनुसार रुपन्देही, पाल्पा, गुल्मी लगायत जिल्लाका ऋणीहरू बैंकको कारबाही सूचीमा परेका छन्। बैंकले बाँकी बक्यौता रकम यथाशीघ्र बुझाउन आग्रह गर्दै अन्यथा प्रचलित कानुन बमोजिम थप कारबाही अघि बढाइने जनाएको छ।

कालोसूचीमा परेकामध्ये केहीले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, सरल कृषि कर्जा, व्यापार कर्जा तथा घररघडेरी खरिद कर्जा लिएका थिए। समयमै कर्जा नियमित नगर्दा उनीहरूविरुद्ध सूचना प्रकाशन गरिएको बैंकले स्पष्ट पारेको छ।

बैंकले सम्बन्धित ऋणी तथा जमानीकर्तालाई ३५ दिनभित्र सम्पर्कमा आई बक्यौता रकम चुक्ता गर्न अनुरोध गरेको छ। तोकिएको अवधिभित्र कर्जा नियमित नगरेमा थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

प्रकाशित : 23 February, 2026 1:25 pm