उदयपुर सिमेन्ट प्रवर्द्धनमा राज्यको भूमिका आवश्यक : बालेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उदयपुर सिमेन्ट प्रवर्द्धनमा राज्यको भूमिका आवश्यक : बालेन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले उद्योगहरू राष्ट्रको मेरूदण्ड रहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उदयपुर सिमेन्ट उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।

‘उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने ।

उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : 5 February, 2026 4:34 pm