एक अर्बको ‘गरिमा सुवर्ण योजना’ को सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक अर्बको ‘गरिमा सुवर्ण योजना’ को सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत



काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गतको ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते उक्त योजनालाई सार्वजनिक निष्काशन गर्न अनुमति दिएको हो । एक अर्ब रुपैयाँ आकारको यो योजना विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी सामूहिक लगानी योजना रहेको छ ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । क्यापिटलले हाल सामूहिक लगानी कोष व्यवस्थापनसहित मर्चेन्ट बैंकिङसम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरू ग्राहकसम्म सहज रूपमा पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयमार्फत सहजीकरण हुँदै आएको कम्पनीले जनाएको छ ।

संस्थाले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझ परिस्कृत, प्रभावकारी तथा ग्राहकमैत्री बनाउने उद्देश्यसहित नवीनतम प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रकाशित : 5 February, 2026 11:11 am