राजेश उपाध्याय बने महालक्ष्मी विकास बैंकका अध्यक्ष, पद तथा गोपनियताको सपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राजेश उपाध्याय बने महालक्ष्मी विकास बैंकका अध्यक्ष, पद तथा गोपनियताको सपथ ग्रहण



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन्।

बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको उपस्थितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम उनले सपथ ग्रहण गरेका हुन।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

२१ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले संचालक समितिको प्रस्ताव बमोजिम १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

प्रकाशित : 8 January, 2026 2:02 pm