काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.बीच सम्झौता भएको छ। उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.का विभिन्न स्थानमा सञ्चालित प्याथोलोजी ल्याब क्लिनिकहरूबाट सेवा लिँदा उपचार शुल्कमा विशेष छुट प्राप्त गर्नेछन्।
सम्झौता अनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकका खाताधारकहरूले प्याथोलोजी ल्याबका विविध सेवामा (सीबीसी कलेक्शनका लागि सर्तहरूमा रही निःशुल्क होम डेलिभरी सुविधा सहित) तथा विभिन्न हेल्थ प्याकेजहरूमा लाग्ने बिल रकममा १० प्रतिशतदेखि ५० प्रतिशतभन्दा बढीसम्म छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौतापत्रमा २०८२ साल पुस १४ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.को तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन्।
यस सम्झौताबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा। लि।का नक्साल, महाराजगञ्ज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुलसीपुर, घोराही, धनगढी, गुल्मी, अर्घाखाँची तथा महेन्द्रनगरमा रहेका प्याथोलोजी ल्याबहरूबाट प्रदान गरिने उच्चस्तरीय उपचार सेवाबाट लाभ लिन सक्नेछन्।






Comment