बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्वस्वीकृति बिना शाखा समायोजन गर्न सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्वस्वीकृति बिना शाखा समायोजन गर्न सक्ने



काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति बिना स्वयम्ले निर्णय गरी महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकिकृत निर्देशन २०८१ मा संशोधन गर्दै महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्ने विषयमा लचिलो व्यवस्था गरेको हो ।

तर यसका लागि राष्ट्र बैंकले केही निर्दिष्ट सीमा तोकेका छ । बैंक तथा वित्तीय संस्थाले देहायबमोजिमको अवस्थामा इजाजतपत्रप्राप्त संस्था स्वयम्ले निर्णय गरी महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न सक्नेछन्ः

१. विद्युतीय भुक्तानी कारोबार बढीरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपलिकामा रहेका शाखा समायोजनरएकीकरण गर्न सक्नेछन् ।

२. सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् मात्र शाखा समायोजन गर्न सकिनेछ ।

प्रकाशित : 15 December, 2025 2:39 pm