काठमाडौैं १६ जेठ। नेप्सेमा मंगलबारदेखि युनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ । नेप्सेले मोदीको पहिलो कारेबारका लागि १०२ रुपैयाँदेखि ३०५ रुपैयाँसम्म कारोबार हुन सक्ने मूल्य (प्राइस रेन्ज) तोकेको छ । युनाइटेड मोदीको कारोबार ‘युएमएचएल’ संकेतबाट सुरु भएको हो । मोदीले गत फागुन १९ देखि २३ गतेसम्म १७ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसमा लगानीकर्ताले न्यूनतम १० देखि ३३७ कित्ता सेयर पाएका थिए ।
Comment