आरम्भ चौतारी लघुवित्तले बनायाे सेयरधनीकाे हातखाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरम्भ चौतारी लघुवित्तले बनायाे सेयरधनीकाे हातखाली



काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश प्रदान नगर्ने भएको छ। संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले २०८१ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

संस्थाले गत आवका लागि समेत लाभांश दिएको थिएन ।

प्रकाशित : 12 December, 2025 10:53 am