काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँट मंसिर २४ गते, बुधबार सम्पन्न गरेको छ। कम्पनीले मंसिर ७ गतेदेखि १० गतेसम्म निष्काशन गरिएको आईपीओको नतिजा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत तय गरेको हो।
कम्पनीले १० करोड रूपैयाँ बराबरको १० लाख कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको थियो। उक्त आईपीओ खरिदका लागि कुल ६२ हजार ९६८ आवेदकले २१ लाख ८ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए। यामध्ये २१ आवेदन रद्द भई ६२ हजार ९४७ आवेदन मान्य भएको कम्पनीले जनाएको छ।
मागभन्दा बढी आवेदन परेपछि गरिएको गोलाप्रथाअनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ आवेदकले पूर्ण रूपमा १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। त्यस्तै १० कित्ताभन्दा बढी आवेदन दिने ४२ हजार ८८२ आवेदकमध्ये ३७ हजार ५३ जना भाग्यशाली आवेदकले थप १० कित्ता प्राप्त गरी कुल २० कित्ताका दरले शेयर पाएका छन्।
कम्पनीको वैदेशिक रोजगारतर्फको आईपीओ बाँडफाँट पछि अन्य समूहका लागि आईपीओ निष्काशनको तयारी अघि बढ्ने अपेक्षा गरिएको छ।





Comment