आर्थिक सबलीकरण र रोजगारी विस्फोट सरकारको मुख्य लक्ष्य – मन्त्री सिन्हा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक सबलीकरण र रोजगारी विस्फोट सरकारको मुख्य लक्ष्य – मन्त्री सिन्हा



काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले आर्थिक सबलीकरण, आन्तरिक उत्पादन वृद्धि, उत्पादकत्व विस्तार तथा रोजगारी सिर्जना आगामी दिनमा सरकारका प्रमुख लक्ष्य बन्ने बताएका छन्।

सेजनको २९औँ वार्षिकोत्सव समारोहमा उनले सरकार सुशासन, सेवा प्रवाह र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने तयारीसहित अघि बढिरहेको स्पष्ट पारे।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते परिवारहरूको जिम्मेवारीबारे सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले सुशासन र भ्रष्टाचार निवारण सरकारको मुख्य अभिभार रहेको बताए। उनका अनुसार आर्थिक गतिविधि वृद्धि गर्न निजी क्षेत्रलाई सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा लिइएको छ।

प्रकाशित : 1 December, 2025 4:47 pm