अर्थतन्त्र किन हिँड्दैन? आत्मसमीक्षा नगरे देशै रोकिन्छ – अर्थमन्त्री खनाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्र किन हिँड्दैन? आत्मसमीक्षा नगरे देशै रोकिन्छ – अर्थमन्त्री खनाल



काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकले अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुका कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा बोल्दै अर्थमन्त्री खनालले राजनीतिक असन्तुष्टि तथा अस्थिरताले विकास र आर्थिक क्रियाकलापमा नकारात्मक असर पारेको बताए।

उनका अनुसार “देशमा जो–कोहीले सिर्जना गरेको सम्पत्ति पनि नेपालको नै सम्पत्ति हो” भन्ने बुझाइ सबैमा विकास हुनुपर्छ।
गलत तथा अप्रमाणित सूचनाले अन्तर्राष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिए।

अर्थमन्त्री खनालले पछिल्लो समय सरकारले ठूला पूर्वाधार आयोजनामा बजेट वृद्धि गर्दै काम अघि बढाइरहेको, पुँजी बजारका विद्यमान समस्या समाधान र पूर्वविशिष्ट पदाधिकारीको सेवा–सुविधालाई कानुनी ढाँचामा ल्याउन पहल भइरहेको जानकारी दिए।
सेजनले जिम्मेवार र पेशेवर पत्रकारिता प्रवर्द्धन गर्दै आएको भन्दै उनले संस्थाको प्रशंसा पनि गरे।

प्रकाशित : 1 December, 2025 4:45 pm