ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रिन डेभलपमेन्ट बैंकको लाभांश घोषणा



काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

उक्त बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ।

बैंकको हाल कायम चुक्तापूँजी ५६ करोड ९६ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।

प्रकाशित : 27 November, 2025 1:34 pm