नेपाल एसबिआई बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल एसबिआई बैंकको लाभांश घोषणा



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।

बैठकले गत आवको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ५ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) र ४ प्रतिशत बोनस सेयर रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित : 25 November, 2025 11:52 am