शिवम सिमेन्टको ऐतिहासिक फड्को: १५३८% नाफा वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

शिवम सिमेन्टको ऐतिहासिक फड्को: १५३८% नाफा वृद्धि

काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्ष२०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार शिवम सिमेन्टले चालु वर्षको असोजसम्म २० करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १५३८.१६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ थियो। कम्पनीको आम्दानी ९.०३ प्रतिशतले बढेको छ।

चालु वर्षको असोजसम्म कम्पनीको व्यापार खर्च १ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यापार खर्च १ अर्ब ३० करोड २७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ३.३७ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिशेयर आम्दानी १५.३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९२.१८ रुपैयाँ रहेको छ।

प्रकाशित : २९ कार्तिक २०८२, शनिबार १४:०८ 15 November, 2025 2:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।