साना किसान विकास लघुवित्तकाे १५ प्रतिशत लाभांश घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

साना किसान विकास लघुवित्तकाे १५ प्रतिशत लाभांश घाेषणा

काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कात्तिक २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत, जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने भएकाे हाे।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित : २६ कार्तिक २०८२, बुधबार १३:०३ 12 November, 2025 1:03 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।